बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रधानमन्त्री चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द

प्रधानमन्त्री चीनबाट फर्किंदा विमानस्थल ३० मिनेट बन्द


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट काठमाडौं अवतरण हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द भएको छ । यही मंसिर १७ गते चीन भ्रमण गएका प्रधानमन्त्री ओली आज काठमाडौं फर्किनेबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिएको हो ।

यसअघि चीन भ्रमण जाँदा पनि आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । प्रधानमन्त्री चढेको विमान अवतरण हुनुअघि २५ मिनेट र अवतरण भएपछि ५ मिनेट गरी आधा घण्टा विमानस्थलमा अन्य जहाजका उडान-अवतरण रोकिएको हो ।
राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->