बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रहरी महानिरीक्षक कुँवरद्वारा वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको उद्घाटन

प्रहरी महानिरीक्षक कुँवरद्वारा वडा प्रहरी कार्यालय बैदामको नवनिर्मित भवनको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

पोखरा/ प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पुर्वाधारहरुको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउनेमा कुनै दुईमत नभएको बताएका छन् । वडा प्रहरी कार्यालय बैदाम, पोखराको नवनिर्मित भवनको विहीबार उद्घाटन गर्दै कुँवरले समाजमा रहेका अराजकता, अवान्छित तथा आपराधिक गतिविधिहरुलाई नियन्त्रणका लागि स्वतः स्फुर्त रुपमा शान्ति सुरक्षा, पर्यटन व्यवसाय, सामुदायिक सेवा प्रवाह लगायतको कार्यहरुलाई निर्भिकरुपमा लाग्न निर्देशन समेत दिए ।

उक्त अवसरमा भवन निर्माण कार्यमा सहयोग गर्ने, जग्गा प्राप्त गर्न सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले स्वागत गरेका थिए । भवन निर्माण सम्बन्धी प्रतिवेदन प्राविधिक प्रनाउ ईन्जिनियर ध्रुव अधिकारीले प्रस्तुत गरेको कार्यक्रममा अन्नपुर्ण गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर केसी, कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, नेपाली काङ्ग्रेस जिल्ला सभापति किसोरदत्त बराल, पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीलगायतले मन्तव्य राखेका थिए ।

नेपाल सरकारको नियमित बजेटबाट प्राप्त १० करोड ६० लाख ३३ हजार रुपैयाँको लागतमा उक्त भवन बनेको हो । भवनका कार्यालय, व्यारेक भवन, हिरासत कक्ष, मेस भवन र नयाँ शौचालय बनेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले उपस्थितजनमा धन्यवाद मन्तव्य दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->