लेखनाथ/समुदायबीच प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरीले विद्यार्थीहरुका लागि लैंगिक हिंसा विरुद्धका बारेमा प्रशिक्षण गराएको छ ।
पोखरा महानगरपालिका वडा नं. २७ को डायमण्ड माविमा अध्यनरत कक्षा ११ र १२ का १ सय ५० जना विद्यार्थीहरुका लागि लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानका सन्दर्भमा संभाव्य घटना र त्यसको रोकथामका बारेमा जानकारी गराईएको हो ।
कार्यक्रममा बोल्दै वडा नं २७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले विशेष गरि महिला माथि हुन सक्ने घटना क्रमका बारेमा जानकार हुँदै सम्भाव्य घटनाको रोकथाम र कानुनी उपचारका बारेमा जानकारी गराएका थिए ।
सोही अवसरमा डायमण्ड माविका प्राचार्य याम बहादुर रोकाले महिलामाथी हुनसक्ने जघन्य अपराधका घटनाको रोकथामका लागि सबैजना सचेत हुने हो भने ५० प्रतिशत घटना स्वत कमि हुने विश्वास दिलाएका थिए ।
लेखनाथ सामुदायिक सेवा केन्द्रकी अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायक निरीक्षक होत बहादुर रोकाले बालबालिकामाथि हुने लैंगिक हिंसा जबरजस्ती करणी, बालविबाह, बहुविबाह, जातिय छुवाछुत तथा घरेलु हिंसा लगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थियो ।
यसैीबच १६ दिने अभियानकै सन्दर्भ पारेर लेखनाथ सामुदायिक सेवाले पोखरा ३२ को तल्लो गगनगौडामा आमा समुह तथा टोल विकास सस्थालाई लक्षित गरि सचेतना अभियान संचालन गरेको छ ।
सोही कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अकंल बहादुर कार्की र ईलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रमुख प्रहरी नायव उपरिक्षक श्रवण कुमार विकले लैंगिक हिंसाका बारेमा जानकारी गराएका थिए ।





