बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

खुल्ला वक्तृत्वकलामा दिपिका प्रथम

खुल्ला वक्तृत्वकलामा दिपिका प्रथम


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०८१, बिहिबार

पोखरा/‘लैङ्गिक हिंसा निवारणमा नागरिकको भूमिका’ शीर्षकमा भएको खुल्ला वक्तृत्वकलामा दिपिका अर्याल प्रथम भएकी छन् ।
१२ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै अर्यालले प्रथम स्थान हासिल गरेकी हुन् । यस्तै द्वितीय सुलता थापा मगर र प्रविन विकले तृतीय स्थान हात पारे भने नन्दकली तिवारीले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अर्जुनचौपारीमा पनि विभिन्न प्रकारका हिंसा हुने गरेको बताउँदै विस्तारै निस्तेज गरेको र बाँकी भित्र लुकेर रहेका हिंसा निस्तेज गर्ने बताए ।
यस अभियानमा आमा समूह तथा स्वास्थ्य स्वयंसेविका सबैको साथ चाहिने तिवारीकोभनाइ थियो ।
कार्यक्रममा उपाध्यक्ष सपना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डे, पालिका प्रवक्ता धनबहादुर गुरुङ, कार्यपालिका सदस्य ज्योती केशी ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रतिस्पर्धीका साथै आमा समूहका प्रतिनिधि, महिला स्वयंसेवीका, विद्यार्थीको सहभागिता भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->