आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

चितवन राइनोजविरुद्व कर्णाली याक्सको संघर्षपूर्ण जित

चितवन राइनोजविरुद्व कर्णाली याक्सको संघर्षपूर्ण जित


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले चितवन राइनोजमाथि संघर्षपूर्ण जित निकालेको छ । एनपीएलमा दुई खेल हारेको कर्णालीको यो पहिलो जित हो ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा कर्णालीले चितवनलाई ६ विकेटले हरायो । जितका लागि १ सय ३१ रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा चार विकेटको क्षतिमा १ सय ३२ रन जोड्दै लक्ष्य पूरा गर्यो ।
कर्णालीका लागि भारतीय क्रिकेटर शिखर धवनले ४५ रन बनाउँदा चाडविक वाल्टनले ३० र देव खनालले २९ रन बनाए । जिसन मक्सुदले अविजित १२ र अर्जुन घर्तीले ११ रन जोडे । बलिङमा चितवनका कुशल मल्ल, रवि बोपरा र जान निकोल लफ्टी–इटनले एक\एक विकेट लिए ।
चितवनका लागि बोपाराले ५९ रन बनाए । कप्तान कुल मल्लले २३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा कर्णालीका विपिन शर्माले तीन विकेट लिँदा जिसम मक्सुदले दुई तथा सोमपाल कामी र नन्दन यादवले एक\एक विकेट लिए ।
आज हुने अर्को खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->