आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पोखरा एभेन्जर्सको पहिलो जित, आन्द्रेस गौसको सतक

पोखरा एभेन्जर्सको पहिलो जित, आन्द्रेस गौसको सतक


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले पहिलो जित दर्ता गराएको छ । सुरुआती दुई खेल गुमाएको पोखराले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई फराकिलो अन्तरले पराजित गरेको हो ।
टीयु क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ ओभर ५ बलमा विना विकेटको क्षतिमा पुरा गर्यो । पोखराका ओपनर आन्द्रेस गौस र दिनेश खरेलले १ सय ७६ रनको कीर्तिमानी अविजित साझेदारी गरे । गौसले एनपिएलकै पहिलो शतक प्रहार गरे । गौस १ सय ४ र खरेल ६१ रनमा अविजित रहे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->