पोखरा/ सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका सहकारीका साधारण सदस्य पोखराका कृष्ण गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार पक्राउ परेका छन् । उनी कतारका लागि उड्दै थिए ।
गुरुङलाई विहीबार नै पोखरा ल्याइएको थियो । उनलाई शुक्रबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेस गरिएको छ । उनीविरुद्ध यसअघि नै पक्राउ पुर्जी जारी भइसकेको थियो ।





