बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा लामाचौरकी रितुलाई सिजीको स्कुटर उपहार

पोखरा लामाचौरकी रितुलाई सिजीको स्कुटर उपहार


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

पोखरा/चौधरी ग्रुपअन्तरर्गत रहेको सिजी नेटकी प्रयोगकर्ता पोखरा लामाचौरकी रितु गुरुङले स्कुटर जित्न सफल भएकी छन् । गत मंसिर ७ गते काठमाडौंमा भएको लक्की ड्रमार्फत् गुरुङले हिरो कम्पनीको जुम स्कुटर जितेकी हुन् । सो स्कुटरको हालबजार मूल्य २ लाख ६५ हजार रुपैयाँ रहेको छ ।
उनलाई शुक्रबार पोखराको अर्चलबोटमा रहेको सिजी प्लाजामा आयोजित कार्यक्रममा सिजीका शेल्स एण्ड मार्केटिङ नेशनल हेड आकेश जैसवालले स्कुटरको चाबी हस्तान्तरण गरे ।
देशभरबाट २ महिनाको अवधिमा सिजी नेट जडान गर्ने नयाँ तथा नवीकरण गर्ने ग्राहकहरुबाट लक्की ड्रमार्फत् पोखराकी रितु गुरुङ विजेता बन्न सफल भएको जैसवालले बताए । २ महिनाको उक्त अफर बीचमा दैनिक, साप्ताहिक, मासिक र बम्पर उपहारको कार्यक्रम सञ्चालन गरेको जैसवालले उल्लेख गरे ।
सिजी नेटले गएको असोज १ गतेबाट कार्तिक ३० गतेसम्म ‘ल है आयो हातै खाली नरहने अफरको बहारʹ योजना सञ्चालन गरेको सिजी नेट पोखराका ब्रान्च म्यानेजर दीपेश सिग्देलले जानकारी दिए । स्कुटर बिजेता रितु गुरुङले कल्पना पनि नगरेको उपहार प्राप्त गरेको बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->