बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पत्रकार महासंघमा निर्मला शर्मा र रमेश विष्टको प्यानलविच प्रतिष्पर्धा

पत्रकार महासंघमा निर्मला शर्मा र रमेश विष्टको प्यानलविच प्रतिष्पर्धा


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

पोखरा / नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामवली प्रकाशन गरेको छ। यसअघि गत जेठदेखि विभिन्न मितिमा निर्वाचनको कार्यक्रम तोकिए पनि सदस्यता वितरण विवादका कारण स्थगित भएको थियो।

गत असोजमा भक्तपुरमा सम्पन्न जिल्ला शाखा, प्रतिष्ठान अध्यक्षहरुको भेलाले यसअघि शाखाको सिफारिसमा प्रदेश समितिले टुङ्ग्याएको सदस्यताकै आधारमा र विवाद भएको हकमा शाखा तथा सरोकारवाला संगठनसंग समन्वय गरेर निर्वाचन कार्यक्रम अघि बढाउन गरेको निर्णय अनुसार उम्मेद्वारी दर्ता भए पनि कतिपय जिल्ला शाखाले भने भक्तपुर भेला विपरीत सदस्यताको नामवली प्रकाशन भएको भन्दै विरोध जनाएका छन् ।

निर्वाचन समितिले निर्वाचन कार्यतालिका अनुसार शनिवार उम्मेदवारको अन्तिम नामवली सार्वजानिक गरेको छ । अब अध्यक्ष पदमा प्रेस चौतारी र प्रेस यूनियनको गठबन्धनबाट निर्मला शर्मा र प्रेस सेन्टरसहितका संगठनको समर्थनमा प्रेस यूनियनवाट विद्रोही उम्मेदवार बनेका नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्टका विच प्रतिस्पर्धा हुने भएको छ ।
यस्तो छ उम्मेदवारको अन्तिम सूची :



प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->