बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रेम मन्दिर र नवदिप धाम जाने बाटोको शिलान्यास

प्रेम मन्दिर र नवदिप धाम जाने बाटोको शिलान्यास


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १५ ढुङगेसाँघु, पट्नेरीमा शुक्रबार प्रेम मन्दिरको शिलान्यास गरिएको छ । ऐतिहासिक शुक्लागण्डकी कोटिहोमअन्र्तगत सोही स्थानमा प्रेम मन्दिरको शिलान्यास गरिएको हो ।
प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास)ले मन्दिरको शिलान्यस गरेका हुन् । दुइ वर्षभित्र मन्दिर निर्माण गरिने यज्ञ संकल्पकर्ता ढकालले जानकारी दिए ।
यस्तै शुक्रबारनै सोही स्थानमा रहेको नवदिप धाममा जाने बाटोको पनि शिलान्यस गरिएको छ । महतगौंडा र टुटङ्ग्यालाई जोड्ने प्राचीन प्राकृतिक पुल ढुंङगेसाँघुको तल हहिहर भगवानले तपस्या गरेको गुफा रहेको छ । सोही गुफामा जानका लागि पट्नेरीबाट सिँढीसहितको बाटो निर्माण गर्न लागिएको यज्ञ आयोजक समितिका संयोजक नारायण भण्डारीले जानकारी दिए ।
दानदाता मायादेवी न्यौपाने (महामाया दासी)ले बाटोको शिलान्यास गरेकी हुन् । न्यौपाने परिवारले कोटिहोमको लागि ५१ हजार दान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->