बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे: देउवा

ओलीले चीन गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरे: देउवा


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८१, शनिबार

काठमाडौं / नेपाली कांग्रेसका केही नेताहरूले चीनसँग हालै गरिएको बीआरआई सहकार्य फ्रेमवर्कप्रति संशय व्यक्त गरिरहेका बेला सभापति शेरबहादुर देउवाले त्यसलाई देशहितका पक्षमा चालिएको महत्त्वपूर्ण कदमका रूपमा अर्थ्याएका छन्। कांग्रेसको कोसी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले ओलीसँगको सहकार्यप्रति ढुक्क हुन पनि पार्टी पंक्तिलाई आग्रह गरे। उनले भने, `ओलीजीसित हामीले सरकार बनाएका छौँ। स्थायित्वका लागि ओलीजीसँग सरकार बनाउनुपरेको हो। दुईवटा पार्टी मिल्दा स्थायित्व हुन्छ। ओलीले काम पनि राम्रो गर्नुभएको छ। ढाँट्ने कुरा छैन। भर्खरै चीनमा गएर देशको हितमा महत्त्वपूर्ण निर्णय गरेर आउनुभएको छ। उहाँले ग्रान्ट लिएर आउने कुरा गर्नुभयो। यसका लागि ओलीजीलाई धन्यवाद दिन चाहन्छु।´

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->