पोखरा/चितवनबाट रातारात कसैले सुइँको नपाउने गरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिलाई पोखरा ल्याइएपछि मानवाधिकार उल्लंघन भएको भनेर रास्वपा सहित अन्य दलका नेताहरुले पनि अभिव्यक्ति दिएका छन । गत बुधबार लामिछानेलाई चितवनमा बयान सकिएपछि आधारातमा पोखरा ल्याइएको थियो ।
लामिछानेलाई मादकपदार्थ सेवन गरेका प्रहरी अधिकारीले रातमा औषधी समेत खान नदिई जबर्जस्ती उठाएर हिँडाएको आरोप छ । उनलाई कास्की प्रहरी हिरासतमा ल्याइसकेपछि भेटेका नेताहरुले पनि सोही अभिव्यक्ति दोहो¥याउँदै मानवाधिकारको गम्भीर उल्लंघन भएको जनाएका छन ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा गोर्खा मिडियाका तत्काली प्रबन्ध निर्देशकको हैसियतमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरी हिरासतमा छन । उनीमाथि अन्तिमपटक मंसिर ९ गते अनुसन्धानको लागि १५ दिनको म्याद थप गरिएको थियो, जुन आइतबार सकिँदैन । लामिछानेमाथि प्रहरीले सहकारी ठगी, किर्ते, सम्पत्ति शुद्धिकरण मुद्धामा अनुसन्धान गरिरहेको छ ।
उनलाई कास्की ल्याइसकेपछि यहाँबाटै बयानका लागि कात्तिक अन्तिम हप्ता रुपन्देही लगिएको थियो भने, त्यसपछि काठमाण्डौ र त्यतैबाट चितवन लगिएको थियो । पर्सा जिल्लामा पनि उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यी सबै घटनामा लामिछाने जोडिएको विषय चाहिँ गोर्खा मिडिया र उनी त्यसका पूर्वसञ्चालक हुनु हो ।
सोही प्रकरणमा चितवन लगिँदा उनका समर्थकहरुले व्यापक नाराबाजी र प्रदर्शन गरेका थिए भने सुरक्षाकर्मी र रास्वपाका शुभचिन्तक घाइते बनेका थिए । बुधबार उनको बयान सकिएपछि बिहिबार पोखरा ल्याउने प्रहरीको प्रारम्भिक तयारी थियो ।
लामिछाने बिहिबार विमानमार्फत पोखरा जाने बताएका थिए । तर, प्रहरीले बुधबारको आधारातमा उनलाई जबर्जस्ती पोखरा ल्यायो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले उनलाई राति ३ बजेतिर कास्की पु¥याइएको र हिरासतमा रहेको पुष्टि गरेका थिए ।
“उहाँ (रवि लामिछाने)लाई पोखरा पु¥याउँदा त्यही बिहानको ३–४ बजेको थियो होला । अहिले जिल्ला प्रहरी कार्यालयको कस्टडीमा हुनुहुन्छ ।” उनले भनेका थिए ।
लामिछानेलाई चितवन हिरासतमा प्रहरीद्वारा गरिएको व्यवहारलाई लिएर मानवाधिकारको गम्भीर उल्लंघन भएको भनेर अहिले टिकाटिप्पणी भइरहेको छ । रास्वापले त मानवाधिकार आयोगमा उजुरी पनि दिएको छ ।
हिरासतमा रहेको व्यक्तिमाथि अमानवीय कार्य भएको भनेर लामिछानेमाथि अहिले अन्य दलले पनि एक्येबद्धता जनाउन थालेका छन ।
रविलाई आधारातमा पोखरा ल्याइएको विषयमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पनि असहमति जनाएका छन ।
शनिबार भरतपुर विमानस्थलमा कुराकानी गर्दै उनले भने, “‘नेपाली कांग्रेस मानव अधिकार र लोकतन्त्रप्रति प्रतिबद्ध छ । रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ ।”
उनले अगाडि भने लोकतान्त्रिक देशमा यस्तो हुनु गलत हो ।
“.. तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो । यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन । यो त हाम्रो लोकतान्त्रिक देश हो । त्यो विल्कुल गलत हो ।” कोइरालाले भनेका छन ।
कांग्रेसका तर्फबाट बोल्ने उनी पहिलो नेता हुन ।
उसो त, लामिछानेलाई पोखरा ल्याइएपछि अहिले दिनहुँजसो उनलाई भेट्न अन्य दलका नेता समेत पुग्न थालेका छन ।
शुक्रबार मात्रै पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराइले लामिछानेलाई हिरासतमा नै भेटेका थिए ।
भेटपछि कास्की प्र्रहरी परिसरमा बोल्दै उनले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेलाई भेट गरेपछि उनले राज्यले दुख दिने काम गरेको बताए । रविमाथि राज्यले गरेको अस्वभाविक र अन्यायपूर्ण काम भएको भन्दै रास्वपाको आन्दोलनमा ऐक्यबद्धता पनि जनाए ।
उनले भनेका थिए, “जुन राजनीतिक शक्तिहरू उदय भइराखेको छ, तीमध्येको एउटा सशक्त धार गठन गर्ने व्यक्तिको रुपमा म उहाँलाई बुझ्छु । त्यसैले उहाँप्रति मेरो सधैं सद्भाव पनि छ, अहिले उहाँलाई विभिन्न ढंगले एकपछि अर्को गरेर दुःख दिने काम भइरहेको छ, यो अस्वभाविक र अन्यायपूर्ण भयो भनेर आफ्नो ऐक्यवद्धता दिन म यहाँ आएको हो । यो अलिकति प्रतिशोधपूर्ण भएको छ भन्ने मलाई लागेको छ ।”
हिरासतमा भट्टराइलाई लामिछानेले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको र उक्त सन्देश बाहिर लैजान आफूलाई आग्रह गरेको भट्टराईले बताए ।
“उहाँ (रवि) ले म माथि राजनीतिक प्रतिशोध हो । मैले सबै गरिरहेको छु, गर्छु भन्नुभयो । यो सन्देश बाहिर पुगोस् भन्नुभएको छ । मैले चाहिँ सधैँ सत्य र न्यायको पक्षमा लडेको मान्छे भएकाले सधैं लड्छु र बोल्छु भनेको छु ।” डा. भट्टराइले भने ।
नेसपाका अध्यक्षले एक्येबद्धता जनाएको भोलिपल्ट (शनिबार) संसदको अर्को प्रतिपक्षी दल राट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले पनि लामिछानेलाई हिरासतमा भेटेका छन । भेटपछि बोल्दै शाहीले, लामिछानेमाथि अमानवीय र मानवाधिकार उल्लंघन भएको सुनेको हुँदा त्यसको सत्यतथ्य बुझ्न लामिछानेलाई भेटेको बताए ।
भेटपछि उनले लामिछानेमाथि गम्भीर मानवाधिकार उल्लंघन भएको बताए ।
“चितवनमा उहाँलाई अमानवीय व्यवहार गरिएको छ । मानवाधिकारको गम्भीर उल्लंघन भएको छ, जसले गरेको हो, उनीहरुलाई कारवाही गरिनुपर्छ भन्ने हाम्रो माग हो ।” उनले भने ।
लामिछाने उच्च रक्तचापको बिरामी रहेको तर औषधी समेत खान नदिएर राज्यले मानवाधिकारको ठाडो उल्लंघन गरेको आरोप लगाउँदै उनले त्यसमा संलग्न अधिकारीलाई कारवाही गर्न मागसमेत गरे ।
शाही मानवाधिकारकर्मीको टोलीसहित लामिछानेलाई भेट्न हिरासतमा पुगेका थिए । लामिछानेमाथि प्रतिशोध साँधिएको उनले बताए ।
“प्रतिशोध नभएको भए अरु मान्छेलाई पनि ल्याएर थुन्नुपथ्र्यो । कानुनी राज्यको पालना सबैले गर्नुपर्छ । हामीले सबै अधिकार न्यायलयलाई दिएका छौँ, न्यायलय भन्दा जान्ने बुझ्ने हामी होइन, न्यायलयले जे गर्छ त्यो स्विकार गर्नुपर्छ ।” शाहीले भने, “तर, हिरासतमा भएको अमावनीय घटनाको चाहिँ खेद प्रकट गर्दछु । हिरासतमा मानवाधिकारको उल्लंघन गर्न पाइँदैन, हिजो म माथि पनि यस्तो भएको थियो ।”
मादकपदार्थ सेवन गरेका प्रहरीले आएर मध्यरातमा उठाइएको भनेर लामिछानेले भनेको भन्दै शाहीले राज्य आतंक भएको बताए ।
“हिरासतमा भएका व्यक्तिलाई जाँड खाएको प्रहरी आएर उठाएर, तानेर, अहिले जो रास्वपाका सभापतिले जुन कुरा मसँग गर्नुभयो, उहाँको कुरा अनुसार त जाँड खाएको प्रहरी आएर रातको ११÷१२ बजेतिर आएर उठेर कतै मलाई मारिदिन्छन कि भनेर मैले चाहिँ ठाउँठाउँमा प्रहरीलाई कहाँ लैजान लागेको भन्नुपर्ने अवस्था सिर्जना, जुन राज्य आतंक भएको छ, यो हुनुहुँदैन ।” शाहीले भने ।
लामिछानेलाई पोखरा ल्याइउएपछि स्वास्थ्य जाँच गरिएको र उक्त रिपोर्ट नलुकाई सार्वजनिक गर्न उनले प्रहरीलाई अनुरोध गरे । उक्त रिपोर्टमा लामिछानेमा उच्च रक्तचाप देखिएको शाहीको भनाई छ ।
सरकार नीति र विधीभन्दा माथि गयो भने त्यो राज्य आतंक हुने र उक्त कुरा आफूहरुले नमान्ने यसका विरुद्धमा सडक र सदनमा आवाज उठाउने शाहीले बताए ।
“दुख परेको बेला साथ दिन आएको हुँ । मानवीयताको नाताले आएको हुँ । कानुनी प्रक्रियामा मेरो भन्नु केही छैन, तर हिरासतमा लगेपछि देशको पूर्वगृहमन्त्री, प्रतिनिधीसभा सदस्यलाई राज्य आतंक गर्न पाइँदैन, त्यो गरेपछि किन गरियो भनेर उहाँको मुखबाट सुन्न आएको हुँ ।” उनले भने ।
मानवअधिकार कर्मीले पनि रातको समयमा जुनसुकै अवस्थमा त्यसरी जबजसर््ती ल्याउन नपाइने बताएका छन ।
“यो अमानवीय कुरा, नेपालको संविधान देखि, मानवाधिकारको अन्तर्राष्ट्रिय मान्यताको विपरित भएको छ । यसको बारेमा अनुसन्धान गरेर वास्तविक कुरा लिन्छौँ । प्रमाणित भए यो मुद्धा हेगमा समेत लैजान सक्ने तागत हामीमा छ ।” नेपाल मानवअधिकार परिषदका अध्यक्ष तुलसी थापाले भने ।
लामिछानेमाथि बदला लिने भावमा, शारीरिक र मानसिक रुपमा ह्यारेसमेन्ट गरिएको उनको भनाई छ ।
“मानवअधिकारको उल्लंघन गरेको घटना त मध्यरातमा चितवनबाट ल्याउँदैमा देखिएको छ । दिनको समयमा ल्याउँदा पनि कुनै आपत्ति हुनसक्ने स्थिती थिएन । तर, शारीरिक र मानसिक रुपमा ह्यारेस गर्न, रिभेन्ज लिने हिसाबले यो भइराखेको हो भन्ने अनुमान हामीले गरेका छौँ ।” थापाले भने ।





