आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

लुम्बिनी लायन्समाथि जनकपुर बोल्ट्सको सनसनीपूर्ण जित

लुम्बिनी लायन्समाथि जनकपुर बोल्ट्सको सनसनीपूर्ण जित

जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८१, आइतबार

काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्समाथि सनसनीपूर्ण जित निकालेको छ । यो जनकपुरको लगातार चौथो जित हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार बिहान भएको खेलमा जनकपुरले लुम्बिनी लायन्सलाई एक रनले हरायो । जितसँगै जनकपुरले प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । लगातार चौथो हार खेपेको लुम्बिनीको प्ले अफ पुग्ने सम्भावना कमजोर बनेको छ ।
जितका लागि एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १ सय ३५ रनमा समेटियो । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ३५ रन बनाउँदा टोम मुर्सले ३१, अर्जुन साउदले २० र सन्दीप जोराले १६ रन बनाए । बलिङमा जनकपुरका हर्ष थाकरले पाँच विकेट लिँदा ललित राजवंशी, शेर मल्ल र किशोर महतोले एक÷एक विकेट लिए ।
यसअघि जनकपुरका लागि ओपनर कप्तान अनिल शाहले ४५ रन बनाए । भने, मिलान्थाले २४, शुभ कंशाकरले अविजित २२ र आशिफ शेखले १६ रन जोडे । अविशेष गौतमले तीन विकेट लिँदा कप्तान रोहित पौडेल र साद विन जाफरले दुई÷दुई तथा सन्दीप जोराले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->