बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रजातन्त्र विकाश माविका विद्यार्थीहरुलाई न्यानो ज्याकेट

प्रजातन्त्र विकाश माविका विद्यार्थीहरुलाई न्यानो ज्याकेट


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८१, आइतबार

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिका वडा नं. १ माझखर्कस्थित प्रजातन्त्र विकाश माविमा अध्ययनरत विद्यार्थीलाई निशुल्क ज्याकेट वितरण गरिएको छ ।
स्थानीय काशीराम शर्मा, गोमा शर्मा र उहाँको परिवारले स्वर्गिय गंगाधर गैरे र स्वर्गिय मनरुपा गैरेको सम्झनामा २ लाख रुपैयाँ बराबरको विद्यालयको लोगो सहितको १ सय ८६ थान ज्याकेट विद्यार्थीहरुलाई निः शुल्क वितरण गरेको हो ।
कार्यक्रममा वडा अध्यक्ष याम बहादुर श्रीषले चिसो ठाउँमा न्यानो कपडा वितरण गर्ने दाताहरुको प्रशंसा गर्दै न्यानो कपडा वितरणले विद्यार्थीको शैक्षिक वातावरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रधानाध्यापक नर बहादुर पुलिसा, इन्जिनियर आकाश शर्मा, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र कुमार नाइसा, नन्दलाल गैरे, बाल क्लबका अध्यक्ष केशव रोकाले माटो सुहाउँदो शिक्षा आजको आवश्यकता रहेको बताउँदै विद्यालयको विकासमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->