आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार

एनपीएलमा चितवन राइनोजले तेस्रो जित निकाल्दा सुदुरपश्चिम रोयल्सको पहिलो हार


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८१, आइतबार

काठमाडौं/सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार दिउँसो भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ ।
जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १ सय ३१ रन बनायो । सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ३५ रन बनाउँदा सईफ जैवले १८, स्कट कुग्लेजिनले १६, ब्रान्डन म्याकमुलेनले १३, दिलप्रित बाजवाले १२, विनोद भण्डारी र नरेन साउदले १०÷१० रन बनाए ।
बलिङमा चितवनका कुशल मल्ल, जान निकोल, अमर रौटेला र रिजन ढकालले दुई÷दुई विकेट लिए भने रन्जित कुमार र सोहिल तनवीरले एक÷एक विकेट झाए ।
चितवनका लागि ओपनर हसन इसाखिलले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रवि बोपराले ३६, विपिन रवालले १७ र कप्तान कुशल मल्लले १३ रन जोडे । बलिङमा सुदूरपश्चिमका स्कट कुग्लेजिनले दुई तथा ब्रान्डन म्याकमुलेन, सईफ जैवले र कप्तान दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट लिए ।
चार खेलमा पहिलो हार खेपेको सुदूरपश्चिमको ६ अंक छ । समान खेलमा तेस्रो जित निकालेको चितवनले पनि ६ अंक बनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->