बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१८ तले कम्प्लेक्सको उदघाटन गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँ आधुनिक शहर बन्छ’

१८ तले कम्प्लेक्सको उदघाटन गर्दै प्रधानमन्त्रीले भने, ‘यहाँ आधुनिक शहर बन्छ’


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८१, आइतबार

झापा / प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक व्यापारिक कम्प्लेक्स भएको क्षेत्रलाई आधुनिक शहर बनाउने घोषणा गर्ने बताएका छन् । १०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास कसरी गर्न सकिन्छ भन्ने कुराको नमुना भएको पनि बताए । उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने बताए ।

विश्वका ठूला मुलुकमा पनि आर्थिक स्रोत र पहिचानको लागि यस्ता अग्ला भवन बनेको उदाहरण समेत उनले प्रस्तुत गरेका थिए । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स रु एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको हो । चार बिघा १६ कठ्ठा क्षेत्रफलमा फैलिएको नेपालकै अग्लो टावर रहेको सो कम्प्लेक्सलाई घरेलु र विदेशी पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्ने सरकारको अवधारणा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->