बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद सुल्झियाे

पोखरा महानगरपालिकामा करार कर्मचारी विवाद सुल्झियाे


  • ढोरपाटन संवाददाता
  • मंसिर २३ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णयपछि उत्पन्न विवाद हाललाई मत्थर भएको छ । २८ जना करारका कर्मचारी हटाउने निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका एमालेका जनप्रतिनिधिले महानगरको विशेष नगर सभा मागेकोमा यही मंसिर २० नगरसभा बसेको थियो ।

उक्त दिन विशेष नगरसभा संचालन हुनसाथ मेयर धनराज आचार्यले आइतबारसम्मका लागि सभा स्थगीत गरेका थिए । आचार्यले सर्वसम्मत निर्णयका साथ, पोखरा महानगरपालिकाको विशेष नगरसभामा प्रस्तुत एजेन्डाहरूलाई सर्वसहमतिकै आधारमा अनुमोदन गरी, मस्यौदाका रूपमा रहेका पुराना र नयाँ सबै दस्तावेजलाई एकीकृत गर्दै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण तयार गर्ने निर्णय गरिएको बताए । उनले नगरसभा २८ गते दिउँसो ३ बजे बस्ने र सोही दिन बिसर्जन गर्ने गरी नगरसभाको दोस्रो दिनको सभा स्थगित गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->