बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने

लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

पोखरा/लेखनाथ नेवा खलको आह्वान एवम् लेखनाथ नेवा मिसा पुचको आयोजनामा यःमरी उत्सव गरिनेभएको छ ।
आगामी पुस ६ गते पोखरा महानगरपालिका वडा नं ३० पावरहाउसमा यःमरी उत्सव गरिने भएको आज आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवम् कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुुका श्रेष्ठले जानकारी दिइन् । नयाँ पुस्तामा नेवाः संस्कृतिको पुस्तान्तरणका लागि उत्सव आयोजना गरिएको उनले बताइन् ।
संरक्षणको अभावमा हाम्रा संस्कार र संस्कृति हराउँदै गएको बताउँदै उनले यःमरी बनाउने र खाने संस्कृतिको जगेर्नाका लागि लेखनाथ क्षेत्रमा पहिलोपटक यो उत्सव गर्न लागिएको जानकारी दिइन् । उत्सवका क्रममा विशेषतः यःमरीसँगै समयवजी जस्ता नेवाः संस्कृतिसँग जोडिएका परिकारहरू उपलब्ध गराइने उनले बताइन् ।
लेखनाथ नेवा खलःका संस्थापक अध्यक्ष प्रेम लिगलले हाम्रा प्राचीन संस्कार र संस्कृतिहरू हाम्रो सभ्यताका पहिचान भएको बताउँदै यिनीहरूको प्रवद्र्धन गर्दै युवा पुस्तामाझ हस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याए । यःमरी पुन्हीका अवसरमा खाइने नेवारी परिकार यःमरीको नेवारी संस्कृतिमा विशिष्ट महत्व रहेको उनको भनाइ छ ।
गगन नेवाः खलका सचिव शरणकुुमार प्रधानले प्राचीन कालदेखि लेखनाथका विभिन्न स्थानमा नेवार समूदाय बस्दै आएको बताउँदै हाल लेखनाथका विभिन्न नौवटा इकाईमा नेवाःसमूदाय संगठित बनेको जानकारी दिए । लेखनाथ क्षेत्रमा मात्रै करिब २४५ घरधुरी नेवार समूदायको रहेको उनले बताए ।
लेखनाथ नेवा मिसा पुचका अध्यक्ष मीना श्रेष्ठको अध्यक्षता एवम् सचिव संगीता श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष पवित्रा श्रेष्ठले गरिन् । लेखनाथ क्षेत्रमा नै पहिलोपटक गरिएको यो उत्सव नेवाः संस्कृतिको जगेर्नाका साथै पुस्तान्तरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->