बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिलिङ्गे सहकारीको सेयर पुजी झण्डै ६ करोड

सिलिङ्गे सहकारीको सेयर पुजी झण्डै ६ करोड


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

लेखनाथ/कास्कीको पोखरा महानगरपालिका वडा नं २६ को सिलिङ्गे डाँडामा २०६५ सालमा स्थापनाभएको सिलिङ्गे कृषिउत्पादक सहकारी संस्थाले स्थापनाको १५ वर्षमा आफनो सेयर पुजी झण्डै ६ करोड बनाउन सफल भएको छ ।
कृषी उत्पादनलाई पहिलो प्रथामिकतामा राखेर सहकारीले सेयर सदस्यहरुलाई आयआर्जनमा जोडेकै कारण एक हजार एक सय ६२ सेयर सदस्यहरुमर्फत पाँच करोड ८० लाख २३ हजार सेयर पुजी बनाउन सफल भएको हो ।
संस्थाको १६ औ बार्षिक साधारण सभामा सस्थाका अध्यक्ष ठाकुर प्रसाद रानाभाटले स्थापनाको छोटो समयमा नै संस्थाले कृषिकै माध्यमबाट सेयर सदस्यलाई आर्थीक रुपमा आयआर्जन जोड्न सकिएकाले सहकारीप्रति आर्कषण बढेको दाबी गरेका थिए ।
वडाध्यक्ष नरेन्द्र थापाले स्थानीयहरु मिलेर खोलेका सहकारीमा कुनै समस्या नआएको धारणा राख्दै आफुले लगानी गरेको ठाउँमा समय समयमा हिसाबकिताबको बारेमा जानकारी लिनका लागि अनुरोध गर्दै साधारण सभामा आउने भत्ता बुझ्ने र नास्तापानी खाएर मात्र सहकारीको अवस्था थाहा पाउन नसकिने सुझाव राखेका थिए ।
कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष अंम्विका आचार्यले सहकारी आपतविपतको साथी भएको विचार राखेकी थिईन भने लेखनाथ उद्योग बाणिज्य संघका उपमहासचिव भरतराज ओझाले सहकारीले असल कार्यको अनुशरण गरी सेयर सदस्यलाई दिएको सहयोग तथा अनुदानको उचित किसिमले प्रयोग भएनभएको बारेमा अनुगन गरेर आगामी दिनका कार्ययोजना बनाउनका लागि अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->