सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रायडाँडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

रायडाँडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

गाउँ पसेका गाडी खाली नफर्कुन् : सांसद थापा


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

बागलुङ/गण्डकी प्रदेशका पूर्व मन्त्री एवं प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले गाउँ गाउँमा पुगेका सडक उपयोगमा स्थानीय चुकेको बताएका छन् । गाउँ पुगेका सडकमा गुड्ने गाडीले गाउँको उत्पादन शहरमा पुर्याउनुको साटो बिदेशी उत्पादन गाउँ भित्राउने काम मात्रै भएको उनको धारणा थियो ।
नेपाल कृषि प्रधान मुलुक भएकाले गाउँ गाउँबाट किसानले आफ्ना उत्पादन बजार पठाउने गरी उत्पादनमा लाग्नुपर्नेमा उनको जोड थियो । बागलुङ नगरपालिका ११ रायडाँडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै थापाले थोरै स्रोत साधनबाट भैरहेको विकासलाई अधिकतम लाभ हुनेगरी प्रयोग गर्न आग्रह गरे । थापाले अनियमितताको नियन्त्रण खर्चमा मितव्ययीताले विकासमा टेवा पुर्याउने बताए ।
बागलुङ नगरपालिकालाई पौष मसान्तसम्म बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने योजना छ । बालमैत्री स्थानीय शासनका ५२ सूचक पुरा गरेर वडा घोषणा गरिएको हो । बालमैत्री स्थानिय शासनयुक्त वडा घोषणाको प्रतिवेदन वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ, उप–प्रमुख राजु खड्का, प्रमुख प्रशासकिय अधिकृत हरिदत्त कँडेल, नगर शिक्षा अधिकारी धनप्रसाद पोख्रेल, जिल्ला समन्वय समितिका उपप्रमुख होमनाथ शर्मा, नगरस्तरीय बाल सञ्जाल संयोजक अनुष्का कंडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा स्थानीय लोक साँस्कृतिलाई जगेर्ना गर्न झाम्रे गीत, लोक भजन प्रस्तुत गरिएको थियो । कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमको अध्यक्षता र बागलुङ नगरपालिकाका प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->