बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गण्डकी प्रदेश सांसदमा कांग्रेसबाट सुनिता थापाको नाम अनुमोदित

गण्डकी प्रदेश सांसदमा कांग्रेसबाट सुनिता थापाको नाम अनुमोदित


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

 

पोखरा गण्डकी प्रदेश सभामा समानुपातिक तर्फको सांसद पदमा स्याङ्जाकी सुनिता थापालाई पठाउने निर्णय नेपाली कांग्रेसले गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा सोमबार बसेको कार्यसम्पादन समितिले बैठकले समानुपातिकको बन्द सूचीमा रहेकी थापालाई सांसद बनाउने निर्णय गरेको हो ।

प्रदेश सभा सदस्य म्याग्दीकी विमला गौचनको डेंगुका कारण कात्तिक २८ मा मृत्यु भएपछि खाली रहेको पदमा स्याङजाकी थापालाई सिफारिश गरी निर्वाचन आयोगमा पठाउने निर्णय कांग्रेसले गरेको हो । नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा आदिवासी, जनजाति महिलामा म्याग्दीकी विमला गौचनको नाम १ नम्बरमा थियो । त्यसपछि क्रमश पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङको नाम थियो । ४ नम्बरसम्मका उम्मेदवार प्रदेश सभामा निर्वाचित हुँदा पाँचौं नम्बरमा रहेकी सुनीता भने छुटेकी थिइन् । गौचनको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा  निधन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->