बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर

पोखराको पर्यटन प्रवद्र्धन गर्न टेवानको टोली चितवनतिर


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०८१, सोमबार

पोखरा/पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) को टोली ‘पर्यटन प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम’ लिएर चितवनतर्फ लागेको छ । संस्था स्थापनाको ७ वर्ष पूरा भएको अवसरमा टेवान अध्यक्ष कमला गिरीको नेतृत्वमा रहेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो ।
दुईदिने भ्रमणका अवसरमा चितवनमा पोखरा र चिवतनको पर्यटन प्रवद्र्धनबारे अन्तरक्रिया तय गरिएको छ । साथै टोलीले भ्रमणका क्रममा पर्यटनको राजधानी पोखरा र समग्र गण्डकी प्रदेश चिनाउने विभिन्न पर्यटकीय गन्तव्यबारे जानकारी, ब्रोसर तथा चिनारी दिँदै पोखरा घुम्ने निम्तो दिने छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->