बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम

भ्रष्टाचार विरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

पोखरा/ अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मंगलबार पोखरा–७ मुस्ताङचोकमा भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाले भ्रष्टाचार विरुद्धका नारा लेखिएका प्ले कार्ड सहित प्रदर्शन गरी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष डोलराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ अधिवक्ता तथा स‌ंस्थाका निवर्तमान अध्यक्ष तिलक पराजुली रहेका थिए ।

यसैगरी उपाध्यक्ष लक्की कार्की, गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेशका अध्यक्ष पदम पहारी, गैरसरकारी संस्था महासंघ कास्की जिल्ला अध्यक्ष डा. बुद्धि थापा, स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बाँस्तोला, वरिष्ठ पत्रकार नारायण कार्की, मानव अधिकार संरक्षण मञ्च कास्कीका अध्यक्ष धुब्रसिंह खडका लगायत कार्यसमितिका सदस्यहरू, महिला सशक्तिकरण नेपालका सदस्य महिलाहरु, सृजना सेकेण्डरी स्कुलका शिक्षक, कर्मचारीहरु तथा विद्यार्थीहरूको वाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पराजुलीले नेपालमा भ्रष्टाचारको समस्या जटिल बनिरहेको अवस्थामा यसका चपेटामा परेका प्रणाली र संस्चनाहरुको सुधार गर्नु हामी सबैको साझा जिम्मेवारी रहेको बताए । यसका लागि पारदर्शिता र जवाफदेहीतासँगै भ्रष्टाचार विरुद्ध जागरूकता अभियान चलाउन आवश्यक रहेको कुरा प्रष्ट पारे । उनले नेपालका विभिन्न क्षेत्रमा नागरिकहरूले मानव अधिकारको हनन भइरहेको विषय उठाउँदै राज्यका सबै नागरिकहरू ससम्मान वाँच्न पाउनुपर्ने र आफ्ना मौलिक अधिकार उपयोग गर्ने वातावरण बन्नुपर्ने विषय उल्लेख गरे । अध्यक्ष पाण्डेले भ्रष्टाचारका गतिविधिहरु रोक्नका लागि सबै तहका सरकार र नागरिक समाजको सहकार्य आवश्यक रहेको भन्दै १० डिसेम्बरलाई मात्र नभई जीवनका हर क्षणमा भ्रष्टाचारको विरुद्धमा एकजुट भएर न्यायपूर्ण समाज निर्माणमा लाग्गू पर्ने आवश्यकतामा जोड दिए । कार्यक्रमका सहभागीले हातहातमा मानव अधिकार रक्षा तथा भ्रष्टाचार विरुद्धका नारा लगायत, सुशासन, न्यायपूर्ण समाज निर्माणका लागि सबै एकजुट हुनुपर्ने नाराहरू लेखिएका प्लेकार्डहरु बोकेर उभिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->