बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेशनल लाईफको गण्डकी प्रदेश कमिटि गठन

नेशनल लाईफको गण्डकी प्रदेश कमिटि गठन


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०८१, बुधबार

लेखनाथ/पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. वीमक समिति गण्डकी प्रदेशको आम भेलाले मोती प्रसाद पौडेलको संयोजकत्वमा नयाँ समिति चयन गरिएको छ ।
बिमा क्षेत्रमा क्रियाशिल अभिकर्ताको पेशागत हक हितका सवालमा आवाज उठाउने उदेश्य अनुरुप गठित गण्डकी प्रदेश कमिटिको उपाध्यक्षमा दुर्गाराम सुवेदी र सन्तोष गुरुङ रहेका छन् ।
समितिको सचिवमा हिरालाल श्रेष्ठ, सह–सचिवमा विरेन्द्र श्रेष्ठ र निर्मला अधिकारी र सदस्यहरुमा लेखनाथ अधिकारी, बसन्त थापा, तुल बहादुर गुरुङ, कल्पना आचार्य, कमला भटराई र हर्क बहादुर थापा रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पेशागत बिमा अभिकर्ता सघका केन्द्रिय अध्यक्ष केदारनाथ अधिकारी विमाका बारेमा घर घरमा पुगेर विमितलाई सुसिचित गराउने अभिकर्ताको पेशागत मर्यादा र हकहितका सवालमा संघले आवाज उठाउँदै आएको र विमाको बजारलाई ग्रामिण तहसम्म पु¥याउनु पर्ने आवस्यकता समेत औल्याएका थिए ।
वरिष्ठ प्रबन्धक सन्तोष गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा पेशागत विमा अभिकर्ता संघ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. वीमक समितिका केन्द्रिय अध्यक्ष गोविन्द अधिकारीले बिमालार्ई सुरक्षीत लगानी र जोखिम बहनको रुपमा हेरीएकाले विमा क्षेत्रको दायरा बढाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->