बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बयान सकिएका रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो

बयान सकिएका रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८१, बिहिबार
फाइल तस्विर

पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ती शु्द्धीकरण मुद्धामा पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले पुनः म्याद थपका लागि अदालत उपस्थित गइएको हो ।

लामिछानेसंग बयान लिइ सकिएको छ । अब अनुसन्धान सकेर कास्की प्रहरी प्रतिवेदनको तयारीमा जुटेको छ । पोखराको सूर्यदर्शनलगायत विभिन्न ५ जिल्लाका ५ वटा सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरी हिरासतमा छन् । उनले कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा जिल्ला पुगेर सहकारीको रकम अपचलनबारे बयान दिएका छन् ।

कास्की जिल्ला अदालतमा लामिछानेबिरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुनेछ । सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारणमा तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।

‘

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->