पोखरा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले ९ दिन म्याद थप गर्न भनेकोमा अदालतले ५ दिन दिएको हो । सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ती शु्द्धीकरण मुद्धामा पक्राउ परेका लामिछानेलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएपछि पुनः म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो ।
लामिछानेसंग बयान लिइ सकिएपनि अनुसन्धान सकेर प्रतिवेदनको तयारीमा कास्की प्रहरी छ । पोखराको सूर्यदर्शनलगायत विभिन्न ५ जिल्लाका ५ वटा सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछाने कास्की प्रहरी हिरासतमा छन् । उनले कास्की, काठमाडौं, रुपन्देही, चितवन र पर्सा जिल्ला पुगेर सहकारीको रकम अपचलनबारे बयान दिएका छन् ।





