बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लायन्स अफ पोखरा डेस्टिनेशनको नवौ चार्टर नाइट

लायन्स अफ पोखरा डेस्टिनेशनको नवौ चार्टर नाइट


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८१, बिहिबार

पोखरा/लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको मंसिर २५ गते मंगलबार स्थापनाको आठौं वर्ष सफलताका साथ पूरा गरी नवौं वर्ष प्रवेशको उपलक्ष्यमा नवौं चार्टड नाइट कार्यक्रम पोखरा सम्पन्न गरिएको छ ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष लायन खेमराज तिमिल्सिनाले गरेका थिए भने कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमका डिस्ट्रिक्ट गभर्नर चण्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै डिष्ट्रिक गभर्नर अर्यालले लायन्स क्लब अफ पोखरा डेस्टिनेशनको आफूलाई सामाजिक सेवामा अव्वल सावित गरेको बताउँदै सामाजिक क्षेत्रको विकासमा क्लबले खेलेको भूमिका लायन्स क्लबको यात्रामा गाईडलाईन बनेको उल्लेख गरेका थिए ।
वक्ताहरुले क्लबले गरेका उत्कृष्ट कार्यहरुको प्रशंसा गर्दैलायन्स क्लब अफ पोखरा डेस्टिनेशनको छोटो समयमा डिष्ट्रीकमा छुट्टै पहिचान बनाउन सफल भएको र यसको उचित मूल्यांकन हुने पनि जानकारी गराए ।
कार्यक्रम संचालन क्लबका सचिव लायन छबीलाल पनेरुले गरेका थिए भने संयोजन क्लबका प्रथम उपाध्यक्ष लायन राजु पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->