बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

त्रिवेणी र कोरियाको च्योङआम कलेजबीच सहकार्य हुने

त्रिवेणी र कोरियाको च्योङआम कलेजबीच सहकार्य हुने


  • ढोरपाटन संवाददाता
  • मंसिर २७ २०८१, बिहिबार

पोखरा/पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेशनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजका बिच विभिन्न क्षेत्रमा विद्यार्थी आदान प्रदान सम्वन्धी समझदारी पत्रमा बुधबार हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा त्रिवेणी इन्टरनेशल कलेजका तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले हस्ताक्षर गरेका थिए ।
दुई कलेजकाबीच शैक्षिक सूचना र सांस्कृतिक आदान प्रदान, भाषा तालिम र विद्यार्थी आदान प्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने संझौता भएको छ ।
कलेजहरुका विचमा राष्ट्रिय तथा अन्तराष्ट्रिस्तरमा हुने सभा सम्मेलनमा संयुक्त रुपमा सहभागिता, दुवै कलेजका संकाय सदस्यहरुका विच क्षमता अभिबृद्धिका कार्यक्रम र शिक्षक र कर्मचारीका लागि प्रशिक्षणलगायतका कार्यक्रम आदान प्रदान गर्ने समझदारी भएको छ । यसैगरी सांस्कृतिक पर्यटक आदान प्रदान गर्ने पनि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
हस्ताक्षर कार्यक्रममा बोल्दै त्रिवेणी इन्टरनेशलन कलेजका अध्यक्ष सुमन भट्टराईले प्राविधिक शिक्षामा अगाडी रहेको कलेजसँगको सम्वन्धले विद्यार्थी र शिक्षकले प्रविधिको प्रयोग र अनुसन्धानमा धेरै कुरा सिक्न सक्ने बताए ।
च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले नेपालीहरुको आतिथ्यताको प्रसंसा गर्दै, नेपाली विद्यार्थीलाई कलेजमा छात्रबृत्ति प्रदान गरिने धारणा राखे ।
कलेजका अध्यक्ष सुमन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा च्योङआम कलेजका योजना विभाग प्रमुख यङ होसिङ, उक्त कलेजका विदेश मामिला तथा व्यवस्थापन र शिक्षा प्रमुख आलोक बस्ताकोटी, त्रिवेणीका सल्लाहकार बाबुराम गिरी, राजेन्द्रमणि लामिछाने, लोकराज ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, शैक्षिक परामर्शदाता प्रा.डा. इन्द्रप्रसाद त्रिवारी, कलेजका संस्थापक अध्यक्ष शेखर बस्ताकोटी, संचालक समितिका सदस्य विनोद लामिछाने, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले दुई देशका कलेजका विषयमा बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->