बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स

१३ औं पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८१, शुक्रबार

पोखरा/ १३ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स प्रालि रहने भएको छ । आगामी पुषको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा साकुराले सह प्रायोजकको रुपमा रहेर सहयोग गर्ने भएको हो । साकुरा डिजाइनर एण्ड विल्डर्सले पोखरामा रहेर घर, भवन, सडक, पुलहरु निर्माण संगै नक्सा डिजाइन सम्बन्धी काम गर्दै आइरहेका छ ।

साकुराका प्रोपाइटर रिमबहादुर क्षेत्री र पोखरा महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोकबहादुर थापा बीच पोखरा महोत्सवमा सहकार्य गर्ने गरी सहमति पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा क्षेत्रीले पोखरा महोत्सवलाई आफुले नजिकबाट नियाल्दै आइरहेको र यसअघिका संस्करणहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेकोमा यसपटक प्रत्यक्ष रुपमा सहकार्य गर्न पाउदा खुसी लागेको बताए । पोखरा महोत्सवको आयोजना गरी युनाईटेड क्लबले सामाजिक कामलाई निरन्तरता दिएको र त्यसमा आफु समेत सहभागी हुन पाउदा निकै गर्व लागेको उनको भनाइ थियो ।

त्यसैगरी युनाईटेड क्लबले निर्माण गर्न लागेको युनाईटेड छात्राबास निर्माणको लागि समेत आफ्नो कम्पनीबाट सक्दो सहयोग रहेने उनको भनाइ रहेको थियो । क्लबका अध्यक्ष लोकबहादुर थापाले विगतका संस्करणहरुमा समेत सहकार्य गर्दै आइरहेको साकुरा डिजाइनर एण्ड विल्डर्सले १३ औं संस्करणको महोत्सवमा सह प्रायोजकमा रही साथ दिदै युनाईटेड क्लबको परियोजना युनाईटेड छात्राबास निर्माणमा समेत सहयोगमा प्रतिवद्धता जनाएकोमा साकुरासंगको सहकार्य निरन्तर रहने बताए ।

सो अवसरमा युनाईटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेल, क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, प्रथम उपाध्यक्ष सूर्य बहादुर बानियाँ, क्लवका कार्यसमिति सदस्य पूर्ण कुमार श्रेष्ठ, क्लबका सल्लाहकार रमेश बहादुर कार्की लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->