बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पेट्रोल छर्की आगो लगाई फरार भएका राई पक्राउ

पेट्रोल छर्की आगो लगाई फरार भएका राई पक्राउ


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८१, शुक्रबार

पोखरा/  पेट्रोल छर्केर आगो लगाई घाईते बनाएर फरार रहेका खोटाङको दिक्‍तेल रुपाकोट मझुवागढी–१२ स्थायी घर भई जिल्ला पोखरा–१३ काँहुखोला बस्ने ३१ वर्षीय उमेश राई पक्राउ परेका छन् । राइले विहीबार राती कास्कीको मादी गाउँपालिका वडा नं. ५ठुलास्वाँराका ४८ वर्षका दुर्गाबहादुर गुरुङलाई पेट्रोल छर्कीई आगो लगाएका थिए ।

घटनालगत्तै फरार रहेका राइलाई मादी– ५ सुनपदेँलीस्थित पुरानो स्कुलमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । राईलाई कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।  घाइते गुरुङको पोखरामा उपचार हुन नसकेपछि किर्तिपुर बर्न अस्पताल रिफर गरी पठाएको र उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->