मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित

पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा निर्वाचित


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०८१, शनिबार

बागलुङ / नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्षमा राम थापा अविरल ४६ मतसहित निर्वाचित भएका छन्। शुक्रवार अध्यक्षका उम्मेदवार भएको शाखाको निर्वाचनबाट प्रेस सेन्टर र प्रगतिशिल प्यालनबाट उम्मेदार रहेका थापाले प्रेस यूनियन र प्रेस चौतारीको प्यालनबाट उम्मेदवार बनेका तारानाथ आचार्यलाई पराजित गर्दै विजयी भएका हुन्।

शाखाको निर्वाचनमा उपाध्यक्षमा सुवास आचार्य (४३ मत), महिला उपाध्यक्षमा सिर्जना पन्त (५० मत), सचिवमा नारायण रिजाल (४० मत), सहसचिवमा डम्मर बुढामगर (४३ मत) र कोषाध्यक्षमा खेमराज गौतम सुवास (४९ मत) सहित विजयी भएका छन् । समावेशी सचिवमा नवराज परियार निर्विरोध भएका थिए । उनीहरु सवै सत्तापक्षिय गठबन्धनका उम्मेदवार हुन् ।
कार्य समितिको सदस्यमा खुलाबाट अर्जुन कार्की (४८ मत), प्रकाश बराल (४५ मत), प्रदिप पन्त (४७ मत), बालकृष्ण सुवेदी (४० मत), दलितबाट अनिष खाती (३६ मत) र आदिवासी जनजातीबाट संगम घर्तीमगर (५० मत) बिजयी भएका छन् । महिला सदस्यमा मनिषा शर्मा निर्विरोध भएकी छन् ।

केन्द्रीय परिषद महिला सदस्यमा कोपिला कँडेल ( ४६ मत) र खुल्ला सदस्यमा दिलिप पौडेले (३९ मत) ल्याएर बिजयी भएका छन् । प्रदेश परिषद सदस्यमा कृष्ण आचार्यले (५० मत), सुवाश राज पन्त (४७ मत), खिमबहादुर कार्कीले (४४ मत) र चन्द्र गणेश पौडेल (४२ मत) बिजयी भएका छन् । प्रदेश परिषद महिला सदस्यमा लक्ष्मी परियार निर्विरोध भएकी छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->