पोखरा / नेपाल पत्रकार महासंघ गण्डकीको अध्यक्षमा रमेश पौडेल नेतृत्वको प्रेस युनियन र प्रेस चौतारी गठबन्धनको प्यानलै बिजयी भएको छ । अध्यक्षमा बिजयी पौडेलले ४०१ मत ल्याएर बिजयी भए । उनका प्रतिद्वन्द्वी प्रेस सेन्टरसहितको गठबन्धनबाट अध्यक्षमा उठेका गोबिन्द सुवेदीले भने १७८ मत मात्रै पाए ।
यसैगरी उपाध्यक्षमा युनियन, चौतारीका प्रकाश पौडेलले ४०२ मत ल्याई बिजयी बने भने अर्को प्यानलका यदुनाथ बन्जाराले १६५ मत पाए । उपाध्यक्ष महिलामा मायाकुमारी अधिकारी ४०९ मत ल्याएर बिजयी भइन । उनकी प्रतिस्पर्धि कमला खत्री केसीले १४६ मत पाइन ।
यसैगरी महासचिवमा जमुना वर्षा शर्मा ३४७ मत ल्याएर बिजयी हुँदा प्रतिस्पर्धी दीपक परियारले २३१ मत पाए । सचिव खुल्लातर्फ भविष्वर पाण्डेले ३७८ मत ल्याई निर्वाचित भए भने ताराप्रसाद शर्माले १७२ मत पाए । समावेशी सचिवमा रोशनी गुरुङले सर्वाधिक ४२० मतसहित बिजयी हुँदा प्रतिस्पर्धी रामबहादुर घले परियारले १४५ मत पाए । यस्तै कोषाध्यक्षमा ३४५ मत ल्याएर रमेश बस्ताकोटी बिजयी हुँदा सागरराज तिमिल्सिनाले २०७ मत मात्रै पाए ।
खुला सदस्यतर्फ गणेश पहारी, छविलाल पाण्डे, जनक श्रेष्ठ, ध्रुवराज सुवेदी, बिजय नेपाल, रोशन लामिछाने र श्रीकृष्ण सिंग्देल, महिला सदस्यमा ज्योति हमाल, रन्जीता शर्मा र सपना अधिकारी निर्वाचित भए । त्यस्तै दलित सदस्यमा बिजय नेपाली, आदिवासी जनजाति सदस्यमा पदम श्रेष्ठ र मंजुल शाक्य निर्वाचित भए । अन्य समावेशी सदस्यमा यसअघिनै सुन्दरकुमार थकाली निर्विरोध निर्वाचित भएका थिए ।
गण्डकी प्रदेशका ११ जिल्लामध्ये १० जिल्लामा महासंघको निर्वाचन सम्पन्न भएको छ । तर गोरखा शाखाको भने निर्वाचन हुन सकेन । सबै शाखाको निर्वाचन भइरहँदा गोरखा शाखाले भने गरेको थिएन । महासंघ केन्द्रले गोरखा शाखालाई अर्को निर्णय नहुँदासम्मका लागि शुक्रबार निलम्बन गरेपछि १० जिल्लाकै मतगणनाका आधारमा निर्वाचन समितिले बिजयी घोषणा गरेको हो ।





