आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

भारतका आश्रव्य र मंगोलियाकी मार्टा च्याम्पियन

भारतका आश्रव्य र मंगोलियाकी मार्टा च्याम्पियन


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८१, आइतबार

पोखरा/आइटिएफ जे ३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ अन्तर्गत शनिबार सम्पन्न फाइनल सिंगल्समा भारतका आश्रब्य मेहरा र मंगोलियाकी मार्टा चोग्सोमजाभ च्याम्पियन बनेका छन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा सम्पन्न सिंगल्स फाइनलमा दुबै बिजेताले नेपाली खेलाडीद्वय आरब सम्राट हाडा र शिवाली गुरूङलाई पराजित गरेका हुन् ।
पोखरा रंगशालास्थित टेनिस सेन्टरमा आयोजित ब्वाइज र गल्र्सतर्फ फाइनल खेल निकै रोमाञ्चपूर्ण रहे । पोखरामा आयोजना भएको छैटौं संस्करणको आइटिएफ जे३० मा नेपाली खेलाडीहरुले उत्साहपूर्ण रुपमा खेल प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरे पनि उपविजेतामा सीमित बने । नेपाली टेनिसमा उर्वरा खेलाडीको रुपमा रहेका आरब भारतीय खेलाडी आश्रव्य मेहरासँग ६–३, ६–४ को सोझो सेटमा पराजित हुँदै उपविजेतामा चित्त बुझाए ।


आरब एक साताअघि सम्पन्न सर्किट १ मा भारतकै खेलाडीसँग फाइनलमा पराजित भएका थिए । उनले दुबै खेलमा उपविजेता बन्दै व्यक्तिगत ३६ अंक बटुले ।
यस्तै गल्र्सतर्फको फाइनलमा भर्खर १४ वर्षको उमेरमा अन्तर्राष्ट्रिय प्रतियोगितामा पाइला टेक्दै गरी शिवाली गुरुङले अनुभवी १७ वर्षीया मंगोलियाकी मार्टा चोग्सोमजाभविरुद्ध फाइनलमा चुनौती बनेर उभिइन । उनको दृढताले भरिएका आकर्षक सटहरुले दर्शकहरुलाई समेत अचम्मित बनायो । शिवाली ६–३, ६–२ को सोझो सेटमा मार्टासँग पराजित भइन् ।
आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखरा सर्किट २ का विजेता तथा उपबिजेता खेलाडीहरुलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिसका अध्यक्ष राजकुमार गुरूङ, उपाध्यक्ष नविन चालिसे, कोषाध्यक्ष विष्णुबहादुर थापा, सल्लाहकार गोपी बहादुर भट्टराई, सदस्य प्रिती बराल, टुर्नामेन्ट डाइरेक्टर अजय विष्ट, आइटिएफ सुपरभाइजर प्रविन नायकलगायतले मेडल वितरण गरेका थिए ।
पोखरामा सर्किट १ र सर्किट २ गरी करिव दुई सातासम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित नेपालसहित जापान, भारत, चीन, अमेरिका, न्युजिल्याण्ड, ताइवान, मंगोलिया, बंगलादेश र कोरियाका गरी १० देशका १ सय ५ भन्दा बढी खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता सफल बनाउन सहयोग गर्नेहरुप्रति अध्यक्ष गुरूङले आभार व्यक्त गरेका छन् ।
यो संगै कास्की जिल्ला टेनिस संघको आयोजनामा नेपाली टेनिसमा स्थापित प्रतियोगितामध्येको एक २० औं संस्करणको माछापुच्छ«े टेनिस प्रतियोगिता आगामी पुस ११ गतेबाट सञ्चालन हुने कास्की टेनिसले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->