बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथ महोत्सवलाई आमा समुहको साथ

लेखनाथ महोत्सवलाई आमा समुहको साथ


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८१, आइतबार

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी पुस १८ गतेदेखि हुने ‘२०औँ लेखनाथ महोत्सव’लाई सफल बनाउन लेखनाथका विभिन्न आमा समूहहरुले सघाउने भएका छन ।
माघ १ गतेसम्म सञ्चालन हुने महोत्सवको विषयमा आयोजित छलफल कार्यक्रममा सहभागी विभीन्न आमा÷महिला समूहका प्रतिनिधिहरुले आ–आफ्नो तर्फबाट सक्रियतापुर्वक सहभागी भइ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।
कार्यक्रममा संघका अध्यक्ष एवं महोत्सवका संयोजक विनोद श्रेष्ठले महोत्सवको तयारीका विषयमा जानकारी दिँदै यहाँका विभिन्न संघ संस्था र समूहहरुले आफ्नो महोत्सवको रुपमा अपनत्व लिएका कारणले लेखनाथ महोत्सव महोत्सवहरुको पनि महोत्सव हुन सफल भएको बताएका थिए ।
उनले महोत्सवमा महिला÷आमा समुहको सहभागीता रत्यौेली र नाचगान कार्यक्रमहरुमा मात्र नभई संघले विभिन्न तालिमहरुको माध्यमबाट उद्यमी भएको हेर्न चाहेको वताएका थिए ।
यस्तै महिला÷आमा समुह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालले महिलाहरुको सक्रिय सहभागिताका कारण झाँकी ¥याली, रत्यौली लगायतका कार्यक्रमहरु सफल भएको बताउँदै यस पटक पनि सहयोगको अपेक्षा गरेको बताइन् ।
रत्यौली कार्यक्रम उप–समितिकी संयोजक गंगा मल्लले कार्यक्रमले महोत्सवमा बेग्लै रौनक प्रदान गर्नुका साथै कला संस्कृतिको समेत जर्गेना गर्ने बताउँदै विगत भएका कमजोरीहरुलाई सुधार गर्दै यसपालीको कार्यक्रम अझै परिष्कृत र उत्कृष्ट बनाउने प्रतिबद्धता व्यक्त गरेकी थिईन ।
कार्यक्रममा निवर्तमान अध्यक्ष क्षत्रधर आत्रेय, पुर्वअध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, झाँकी र्याली व्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी मगर,हाजिरी जवाफ प्रतियोगिताकी संयोजक प्रभा कुमारी पौडेल, ग्रामीण रैथाने प्रविधि व्यवस्थापन उप–समितिकी संयोजक पार्वती थापालगायतले बोलेका थिए ।
महिला÷आमा समूह परिचालन उप–समितिकी संयोजक सन्ध्या दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धन्यवाद ज्ञापन सह संयोजक अञ्जली पण्डितले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुली अधिकारीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->