बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ

लेखनाथ महोत्सवका ७५ प्रतिशत स्टल बुकिङ


  • ढोरपाटन संवाददाता
  • पुष १ २०८१, सोमबार

पाेखरा/  लेखनाथ उद्योग वाणिज्य संघले यहि पुस १८ गतेदेखि माघ १ गतेसम्म आयोजना गरेको २० औं संस्करणको लेखनाथ महोत्सवका लागी हालसम्म ७५ प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने ३ सय ३६ वटा स्टलमध्ये सोमबारसम्म २ सय ५५ वटा स्टल बुकिङ भएको स्टल निर्माण तथा व्यवस्थापन समितिका संयोजक भरत थापाले जानकारी दिए । पहिलो चरणमा संघका सदस्यहरुका लागी लक्षित गरि मंसिर १७ गतेबाट स्टल बुकिङ खुल्ला गरिएको थियो भने अन्य व्यवसायीहरुका लागी समेत स्टल बुकिङ खुल्ला गरिएको थिए ।

यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानको लागि ‘महोत्सव लेखनाथको सस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मुल नाराका साथ आयोजीत महोत्सवमा कृषि तथा स्थानिय उत्पादनका स्टललाई प्राथमिकता दिईएको छ । महोत्सवमा कृषि उत्पादन, भाडावर्तन, फर्निचर तथा ईलेक्ट्रीकल, फेन्सी तथा गार्मेन्ट, हस्तकला, खाद्यान्न, राष्ट्रिय उत्पादन प्रर्दशनी, बैंक तथा वित्तिय संघ–संस्थाहरु, डेरी तथा फलफुल, होटल तथा रेष्टुरेण्टका स्टलहरु रहनेछन ।

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने २० औं संस्करणको महोत्सवलाई राष्ट्रिय वाणिज्य बैंकले मुख्य प्रायोजन गरेको छ भने सह–प्रायोजकमा सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनी र प्रर्वद्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेको महोत्सवका सह–संयोजक एवं प्रायोजक व्यवस्थापन समितिका संयोजक राजेन्द्र ओझाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->