बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

४ दिन म्याद थप माग्दै लामिछानेलाई अदालत उपस्थित गराइयो

४ दिन म्याद थप माग्दै लामिछानेलाई अदालत उपस्थित गराइयो


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८१, मंगलबार
rabi-pkr

पोखरा / सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ४ दिनको म्याद थपको मागसहित जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । लामिछानेबिरुद्धको अनुसन्धान सकेर प्रहरीले सोमबार जिल्ला सरकारी वकिलको कार्यालयमा अध्ययन प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदन अध्ययनका लागि केही दिन लाग्ने भन्दै थप ४ दिन म्याद थपिएको हो ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा छन् । उनलाई अन्य ४ जिल्लाका सहकारी ठगी गरेको आरोपममा समेत बयानका लागि लगिएको थियो । प्रहरीले पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ । लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस गरिएको हो ।

सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ । मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् । अब लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->