पोखरा/पोखरा महानगरपालिका वडा नं.२३ हाँडीखोलामा पुल बनेको छ । पुलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका हुन् ।
तीन करोड ४८ लाख छ हजार रुपैयाँको लागत अनुमान गरिएको उक्त पुल ३ करोड १३ लाख ५३ हजारको लागतमा बनेको हो । भदौरे निर्माण सेवाले बनाएको पुलको लम्बाइ २५ मिटर र चौडाइ ८ मिटर ४० सेमी रहेको छ ।
पोखरा २३ चापाकोटस्थित हाँडीखोलामा निर्माण गरिएको पुलले त्यस क्षेत्रको आवागमनमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ । त्यस क्षेत्रमा उत्पादन भएका कृषिजन्य उत्पादनहरूको बजारीकरण र नागरिकहरूलाई समेत मुख्य सडकसँग जोड्ने कार्यमा महत्वपूर्ण योगदान गर्ने नगर प्रमुख आचार्यले बताए ।





