बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति


  • ढोरपाटन संवाददाता
  • पुष २ २०८१, मंगलबार

पोखरा/  सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको आरोपमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले मंगलबार अनुमती दिएको छ । योसहित लामिछानेलाई थुनामा राख्न आठौँपटक म्याद थप गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

कास्की प्रहरीले लामिछानेसहितमाथि अनुसन्धान सकेर सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ । तर, उक्त प्रतिवेदन अनुसन्धान गर्न सरकारी वकिललाई केही समय लाग्ने भएपछि म्याद थपका लागि प्रहरीले अदालत लगेको थियो । लामिछानेलाई गत कात्तिक २ गते पक्राउ गरेयता कास्की प्रहरीको हिरासतमा छन भने विभिन्न ४ जिल्लामा बयानका लागि लगिएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->