बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पिसकोर स्वयंसेविका भेट्न अमेरिकी राजदूत सिक्लेसमा

पिसकोर स्वयंसेविका भेट्न अमेरिकी राजदूत सिक्लेसमा


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

पोखरा/नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले कास्कीको उत्तरपूर्वी पर्यटकीय गाउँ सिक्लेसको भ्रमण गरेका छन् । राजदूत थम्पसन अनौपचारिक भ्रमणको क्रममा सिक्लेसमा रहेकी पिसकोर स्वयंसेवक क्याथलिनलाई भेट्न त्यहाँ पुगेका मादी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए ।
क्याथलिन( काशी) विगत पाँच महिनायता सिक्लेसमा छन् । उनले पर्यटन प्रवद्र्धन र होमस्टे संचालनमा सघाउन स्थानीयलाई अंग्रेजी भाषा सिकाइरहेकी छन् ।
राजदूत थम्पसनसँगै उनकी धर्मपत्नी जेनी थम्पसन, पिसकोरका नेपाल प्रमुख टोरी कोफ्रोथ तथा पिसकोरका साइट इन्चार्ज राजु कंडेल पनि सिक्लेस पुगेका थिए ।
टोलीलाई सिक्लेसमा स्वागत गरे लगत्तै वडाध्यक्ष देवीजंग गुरुङ ,सिक्लेस एक्याप प्रमुख संग्राम कार्की, सिक्लेस होम स्टेका अध्यक्ष टाइमाया गुरुङलगायतको टोलीले गाउँ घुमाएको थियो । गाउँ घुमाउने क्रममा स्थानीयले बनाएका भाङ्ग्रा, बख्खु, कम्मल, डोको बुन्दै गरेको दृष्यलाई राजदूतले चाख मानेर हेरेका थिए । सिक्लेस गुरुङहरुको बाक्लो बस्ती भएको गाउँ हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->