बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्वराष्ट्रपति भण्डारी पुम्दीकोटको शिव मन्दिरमा

पूर्वराष्ट्रपति भण्डारी पुम्दीकोटको शिव मन्दिरमा


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

पोखरा/सक्रिय राजनीतिक यात्राको चाहना व्यक्त गरेकी पूर्वउपराष्ट्रपति विद्यादेवी भण्डारी यतिबेला पोखरामा रहेकी छन् ।
त्रिभुवन बिश्वविद्यालय र चीनको सिचुवान विश्वविद्यालयअन्तर्गत रहेको चाइना सेन्टर फर साउथ एसियन स्टडिज (सीसीएसएस) को संयुक्त आयोजनामा बुधबार र बिहीबार पोिखरामा आयोजना हुने ‘विश्वव्यापी औद्योगिक स्थानान्तरण अन्तर्गत दक्षिण एसियाका विकल्पहरू’ विषयमा आधारित कार्यक्रममा भाग लिन उनी पोखरा आएकी हु्न् । पोखराका मेयर धनराज आचार्यका अनुसार पूर्वराष्ट्रपति भण्डारी सो कार्यक्रमको प्रमुख अतिथि हुन् । ‘फेवा संवाद’ नाम दिइएको कार्यक्रममा दक्षिण एसिया, दक्षिणपूर्व एसिया र चीनबाट सहभागीहरू आउँदैछन् । कार्यक्रममा अन्तर्राष्ट्रिय संगठनका नेता, थिङ्क ट्याङ्कका प्रतिनिधि, साथै अन्तर्राष्ट्रियस्तरका प्रतिष्ठित विज्ञ र विद्वानहरूको सहभागिता रहने पनि उनले जनाए ।
औपचारिक कार्यक्रमका निम्ति आएकी पूर्वराष्ट्रपति भण्डारीले मंगलबार नै पोखरा २२,पुम्दीकोटमा रहेको शिवमन्दिर पनि पुगिन् । उनको साथमा पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङसहित एमालेका नेताहरु सहभागी थिए । पूर्वराष्ट्रपति भण्डारी र उपमेयर गुरुङ सैनी अर्थात् मितेनी हुन् । पुम्दीकोटमा पूर्वउपराष्ट्रपति भण्डारीलाई शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त बरालले स्वागत गरेका थिए । बिहान चाहिँ उनलाई एमालेका केन्द्रीय सदस्य कृष्ण थापासहितका नेताले स्वागत तथा भेटघाट गरेका थिए । कास्की एमालेमा पूर्वउपराष्ट्रपति भण्डारीको ठूलै प्रभाव छ । एमाले स्रोतका अनुुसार उनले बुधबार कास्कीमा रहेका एमाले नेता–कार्यकर्ताहरुसँग भेटघाट गर्दैछन् ।
एमाले स्रोतका अनुुसार पुस ५ गते चाहिँ उनी स्याङ्जाको कालीगण्डकी ३ मा रहेको आलमदेवी मन्दिरको दर्शन गर्न जाँदैछन् । आलमदेवी शाहवंशको कूल मन्दिर हो । यो मन्दिर १९१३ सालमा स्थापना भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->