पोखरा/शिक्षाविद् तथा प्राध्यापक डाक्टर कुश्माकर न्यौपानेले नेपालमा कुलपति वा उपकुलपति नियुुक्तिमा हुने विकृतिको अन्त्य गर्नुपर्ने बताएका छन् । प्राडा न्यौपानेले विश्वविद्यालयमा गरिने कुलपति नियुक्तको विषयले प्राध्यापकहरुले अपमान भोग्दै आइरहेको सुनाउँदै यसको अन्त्य गर्नुपर्ने बताएका हुन् ।
पञ्चायतकालमा जसरी विज्ञको सम्मान भएको थियो गणतन्त्र आएपछि त्यो गुुमेको सुनाए । विश्वविद्यालयमा कुलपति नियुक्तिको नाममा राजनैति निवेदनको भिक्षा माग्ने प्रचलनको अन्त्य हुनुुपर्नेमा जोड दिए । उनका अनुसार कुलपति नियुक्त गर्दा अनेक विज्ञ प्राध्यापकले निवेदन दिदैँ गर्दा एक जनालाई मात्र बनाउन सक्ने स्थितिमा अन्य प्राध्यापकहरुको अपमान हुँदै आइरहेको छ । ‘कुलपति वा उपकुलपतिको नाउमा निवेदनको भिक्षाले मानसिक रुपमा सिथिल बनाइरहेको छ । पञ्चायतकालमा शिक्षाविद् वा विज्ञलाई छुुट्टै सम्मान दिइन्थ्यो अहिले गणतन्त्रमा अपमान मात्रै छ, हामी सद्यँै वहिस्कृत र अपमान हुँदै आइरहेका छौं ।’
उनका अनुसार कांग्रेसले शिक्षा मन्त्रालयलाइ हेप्दै आइरहेको छ । कांग्रेसले मन्त्रालय रोज्दा शिक्षा मन्त्रालय लिन नमानेको सुनाउँदै अब शिक्षा मन्त्रालय रोजेर प्राध्यापकप्रति हुने अपमानको उच्छेदन गर्नुपर्ने सुनाए । आगामी दिनहरुमा नेपालमा विज्ञहरुको कमी हुने खतरा देखिदैँ आइरहेको छ । देशका युवा जनशक्ति उच्च शिक्षाका लागि विदेशीने बाध्यताले नेपालमा अब सामान्य विषयमा समेत विदेशबाट विज्ञ ल्याउनुपर्ने अवस्था आउन सक्नेमा चिन्ता व्यक्त गरे । यस्तै विकृति निराकरणका लागि कांग्रेसले नै शिक्षा मन्त्रालय रोजेर पाठ्यक्रम÷ पाठ्यपुस्तक परिवर्तन गर्दै देश पढाउने शिक्षा ल्याउन सुुझाव दिए । उनले शिक्षामा आएको विकृतिले समग्र राष्ट्रलाई समस्या पारिरहेको सुनाए ।
प्रजातान्त्रिक प्राध्यापक संघ गण्डकी र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोाजनामा पोखरामा सम्पन्न वर्तमान शिक्षा प्रणालीमा देखिएका विसङ्गति र निराकरण उपाहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागिहरुले शिक्षा ऐन परिवर्तन गर्न अत्यावश्यक रहको सुनाए । उनीहरुले देशको अर्थतन्त्र, सम्बृद्धि तथा विकासका लागि प्रमुख मार्ग नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको आवश्यकता रहेको बताए ।
५३ वर्ष पुुरानो शिक्षा ऐनलाई अहिलेपनि मानिराख्नुपर्ने बाध्यता रहिआएको प्राध्यापक भोलानाथ पौडेलले बताए । उनले पञ्चायति अवस्थाको ऐनलाई आजसम्म पनि परिवर्तन गर्न नसक्नुृको पछाडीको कारणबारे आफुुहरु अनविज्ञ रहेको उनको भनाइ थियो । सहभागिहरुले शिक्षामा परिवर्तन ल्याउन निजि विद्यालयलाई चलाउन आवश्यकता नरहेको बताए । सामुुदायिक तथा सरकारी विद्यालयलाई उत्कृष्ट बनाई हरेकलाई सरकारीमै जाने वातावरण सिर्जना गरे हुनेमा जोड दिए । उनीहरुको गुुनासो तथा सुुझावलाई सम्बोधन गर्दै कांग्रेस नेता नारायण प्रसाद (एनपी) साउदले नेपाली कांग्रेस देश र जनताको पक्षामा सद्यैँ रहिरहेको सुनाए । शिक्षा क्षेत्रको विकासका लागि शिक्षा ऐन संशोधन अत्यावश्यक रहेको र यसलाई छिटो ल्याउनका लागि आफुले दबाब दिने सुनाए । उनका अनुसार शिक्षा ऐन पारितहुने चरणमै रहेको छ । सोही क्रममा साउदसहित कांग्रेस नेताहरुले नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशमा प्रेस युनियनबाट निर्वाचित भएका सदस्यहरुलाई बधाई समत दिएका छन् । उनले राज्यलाई शुसासनको पक्षमा ल्याउन पत्रकारिता नै सबैभन्दा महत्वपूर्ण अंग रहेकाले लोकतन्त्र र जनताको पक्षमा सद्यैँ लागिरहन आग्रह गरे ।





