बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेरेसो पोखरा २७ को सभापतिमा लामिछाने चयन

नेरेसो पोखरा २७ को सभापतिमा लामिछाने चयन


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

लेखनाथ/नेपाल रेडक्रस सोसाईटी पोखरा २७ लेखनाथ उपशाखाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले आगामी कार्यकालका लागि वोधराज लामिछानेलाई सभापतिमा चयन गरेको छ ।
सभापति पदका लागि वर्तमान सभापति तिलकशालि सापकोटाको समेत उमेदवारी परे पनि पछि सहमतिका आधारमा लामिछानेलाई सभापतिमा चयन गरिएको हो भने अन्य पदमा सर्वसम्वत भएको थियो । नवगठित समितिको उपसभापतिमा नारायणी भटराई, सचिवमा प्रभा कुमारी लामिछाने, कोषाध्यक्षमा विष्णुकुमारी लामिछाने,उप सचिवमा गीता लामिछाने, उप कोषाध्यक्षमा कमलभत्त वस्ताकोटी र सदस्यहरुमा सिता पौडेल, शेषराज तिमिल्सेना, बलराम देवकोटा, रामप्रसाद तिमिल्सेना र ईन्दिरा लामिछाने रहेका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाईटी कास्की साखाका सभापति दण्डराज शर्माले रेडक्रस जस्तो सामाजिक सस्थामा राजनिती हुनु नहुने सुझाव राख्दै पछिल्लो समय राजनिती दलका नेताको हस्तक्षेपकारी भुमिकाले सस्थाको वन्दाम हुदै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।
नेपाल रेडक्रस सोसाईटी लेखनाथ उपशाखाका सभापति तिलकशालि सापकोटोको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,त्रिवेणी पब्लिक स्कुलका प्राचार्य विष्णु प्रसाद अधिकारी, सल्लाहकार बोधराज लामिछाने र निवर्तमान सभापति खगेन्द्रराज आचार्य लगाएतले पछिल्लो समय रेडक्रसका मुल्य र मान्यता अनुसार चल्न नसक्दा रेडक्रस प्रति जनताको कम चासो सृजना भएको सुझाव राखेका थिए । सस्थाका सचिव गोपलमणि लामिछानेले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रक्षा भटराईले गरेकी थिईन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->