बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रिहा भएपछि प्रसाईंले भने, ‘तस्करसँगको लडाइँ जारी रहन्छ’

रिहा भएपछि प्रसाईंले भने, ‘तस्करसँगको लडाइँ जारी रहन्छ’


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८१, शुक्रबार

काठमाडौं / अदालतको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं हिरासतबाट रिहा भएका छन् । सर्वोच्च अदालतको आदेशपछि प्रसाईं केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को हिरासतबाट शुक्रबार साँझ रिहा भएका हुन् ।

रिहा भएसँगै उनले सञ्चारकर्मीसँग भने, ‘अदालतले मलाई न्याय दिएको छ । सम्पूर्ण साइबर परिवारलाई धन्यवाद ।’ उनले आफू हिरासतमा हुँदा प्रहरीले परिवारको व्यवहार गरेको पनि बताए ।

उनले तस्करहरूविरुद्धको लडाईं अझै जारी राख्ने बताए । ‘तस्करहरूसँगको लडाइँबाट म भाग्दिनँ । जुन बोली कम्युनिस्टहरूले बोल्ने बोली मैले बोल्नुपर्यो,’ प्रसाईंले भने । उनलाई सञ्चारकर्मीले आज कमजोर देखिनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए । जवाफमा भने, ‘छाल आउने बेलामा समुन्द्र पनि शान्त हुन्छ । त्यस्तै भएको हो । तस्करहरूसँग लडाइँ हो, त्यो जारी हुन्छ । प्रहरी कस्टडीमा जुन व्यवहार भयो त्यो राम्रो भयो ।’

उनले अघि भनेका छन्, ‘म हारेको छैन । यो मैले जितेको हो ।’ प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

व्यवसायीलाई धम्क्याएको आरोपमा प्रसाईं र उनका सहयोगीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->