काठमाडौं / नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी बन्दै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन्। एनपीएलको उपाधि जित्न चुकेका ऐरीले कार जितेका हुन्।
उनले ओमोडा एण्ड जेइको ब्रान्डको ओमोडा गाडी जितेका हुन्। उनले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे।
त्यस्तै जनकपुर बोल्ट्सका ललित राजबंशीले मोटरसाइकल जितेका छन्। एनपीएलमा सर्वाधिक विकेट लिने नेपाली खेलाडी ललितले मोटरसाइकल जितेका हुन्।
प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् ।
कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।
इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।
अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।





