बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश

रवि लामिछानेविरुद्धको मुद्दा अदालतमा पेश


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार
फाइल तस्विर

पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दा आइतबार जिल्ला अदालतमा पेश भएको छ । जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले साढे चार सय पेज लामो आरोपपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरेकी हुन । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको छ ।

जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्यामनारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको बताएका छन् । लामिछानेलाई आजै बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने गत कात्तिक २ मा पक्राउ गरेयता कास्की प्रहरीको हिरासतमा छन् । संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्कमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो ।

सो प्रतिवेदन कार्यान्वयनको प्रक्रियामा गएपछि सूर्यदर्शनकै बचत ठगी प्रकरणमा गत असोज ६ गते पूर्वडिआईजीसमेत रहेका छविलाल जोशीलाई काठमाडौंबाट पक्राउ गरेर पोखरा लगिएको थियो भने कात्तिक २ गते रविलाई पक्राउ गरेर रातारात पोखरा लगिएको थियो । यसबीचमा उनीहरुलाई रुपन्देहीको बुटवल, चितवन, काठमाडौं र वीरगञ्जमा लगेर पनि बयान गराइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->