बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित

जहाजमा हङकङबाट काठमाडौं आएका अचेत व्यक्ति मृत घोषित


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार
फाइल तस्वीर

काठमाडौं / नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट आएका एक यात्रुलाई अस्पताल पुर्‍याएसँगै मृत घोषणा गरिएको छ ।
निगमको आरए ४०१ उडानमार्फत् हङकङबाट काठमाडौं आउने क्रममा जहाजभित्रै अचेत ताप्लेजुङका देउमान लिम्बुलाई एयरलाइन्सका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
‘उहाँ जहाजभित्र अचेत अवस्थामा भेटिएको र आफन्तहरू रिसिभ गर्न विमानस्थलमै आएको पाइएको छ,’ पौडेलले भने, ‘त्यसपछि नजिकको अस्पताल केएमसी पुर्‍याइएको र अस्पतालले मृत घोषणा गरेको पाइएको छ ।’
जहाजमा अचेत अवस्थामा रहेका यात्रुको अवस्था के थियो भन्न नसकिने भएकाले विमानस्थलको आकस्मिक सेवा हेर्ने केएमसी अस्पतालमा पठाइएको समेत उनले जानकारी दिए । मृतक देउमान ५३ वर्षका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->