बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग

सिताराम केसी स्मृती पार्क निर्माणका लागि केसी परिवारद्वारा साढे २ रोपनी जग्गा सहयोग


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार

पोखरा/  पोखरा–१५ मितेरी टोलमा समाजसेवी स्व.सिताराम केसीको स्मृतीमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहने जनाइएको छ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायीक भवनका लागि लागि स्व.केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो । स्व.केसीका धर्मपत्नी प्रेमकुमारी केसीले एक समारोहका विच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गर्नुभयो । उहाँले पार्क निर्माण कार्यको शिलन्यास पनि गर्नुभयो । पार्क बन्ने सो स्थानलाई सिताराम चोक,सिताराम मार्गको नामाकरण समेत गरिएको छ ।

समारोहमा बोल्दै स्व.केसीका छोरा किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उहाँको सपना साकार पार्न परिवारले उक्त सहयोग उपलब्ध गराएको बताए । ‘उहाँ उच्च सम्मान गर्नुपर्ने व्यक्ति हुनुहुन्थ्यो, समाज रुपान्तरणमा केहि गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो, उहाँको त्यहि विचारलाई सम्मान गरेका हौं’ केसीले भने । बुवाले दिनुभएको संस्कार पछ्याउँदै खेलकुद, शिक्षा, स्वास्थ्य, विकास निर्माण लगायतमा केसी परिवारले सहयोग प्रदान गर्दै आएको उनले बताए ।

सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्रा.डा.नारायणप्रसाद अधिकारीले केसी परिवारको सहयोगप्रति धन्यवाद दिए । वडा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले स्व.केसीले समाज सेवामा पुर्याउनुभएको योगदानको चर्चा गर्दै दाता केसी परिवारप्रति आभार प्रकट गरे । त्यसैगरि समारोहका प्रमुख अतिथि प्रेमकुमारी केसी, विशेष अतिथि किरण केसी, उहाँका श्रीमति बन्दना कार्की केसी, नेपाल भारत मैत्री सम्बन्ध विज्ञ नविता श्रीकान्त लगायतले मितेरी टोलका गतिविधी समेटेर तयार पारिएको पुस्तक मितेरी गतिविधीको विमोचन गरेका थिए । संस्थाका अध्यक्ष मनमाया गुरुङ्गको सभाध्यक्षमा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरे वापत कोषाध्यक्ष यामप्रसाद गुरुङ्गलाई विशेष सम्मान प्रदान गरियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->