पोखरा/ सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरणको मुद्धा दर्ता गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेसहित ५ जनालाई बयानका लागि सोमबार बिहान कास्की जिल्ला अदालत पुराइएको छ । उनीहरुलाई अदालतकाे इजलासले बयान लिदैछ । उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी परेकाे छ ।
लामिछाने, नेपाल प्रहरीका पूर्वडीआईजी एवं गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका रामबहादुर खनाल, लिला पछाइँ र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङलाई बयानका लागि अदालत लगिएको हो । आइतबार उनीहरुविरुद्ध मुद्दा दायर गरिएको थियोे । इजलासले बयान लिइसकेपछि थुनछेकको बहस हुनेछ । बहससकिएपछि पुर्पक्षका लागि थुनामा राख्ने, धरौटी वा सामान्य तारिखमा छाड्ने भन्ने अदालतले आदेश दिनेछ ।





