बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

डिपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति

डिपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८१, सोमबार

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यबाहक सभापति डोलप्रसाद (डिपी) अर्याल बनेका छन्। उपसभापति अर्याललाई सोमबार बसेको सचिवालय बैठकले कार्यबाहक सभापतिको जिम्मेवारी तोकेको हो।

‘उपसभापति अर्याललाई कार्यबाहक सभापति तोक्ने निर्णय सचिवालय बैठकले गरेको छ,’ रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले भने, ‘सभापति लामिछानेको सिफारिसमा अर्याललाई सचिवालय बैठकले कार्यबाहक सभापति तोकेको हो।’

रास्वपाको विधानमा ज्येष्ठ उपसभापति वा पार्टी सभापतिले तोकेको उपसभापति कार्यबाहक सभापति बन्ने व्यवस्था छ। सभापति लामिछानेले अर्याललाई नै कार्यबाहक तोक्ने सिफारिस गरेका छन्। रास्वपा सभापति रवि लामिछानेविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगीलगायत कसुरमा मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->