पोखरा/छविलाल जोशीले भने गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडको खाता रवि लामिछाने आउनु अघि नै खोलिएको र सो खाताको विवरण अनुसार ९० करोड ४४ लाख १७ हजार पाँच सय ४२ रुपैयाँ ४० पैसा के्रडीट जिवि राई र रविलाई नै थाहा भएको बयान दिनुभएको छ । उहाँको बयानमा भनिएको छ, ‘ ग्लोवल आईएमई बैकबाट प्राप्त गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको नाउँमा संचालन रहेको ००४०१०१००००५७७ नम्बरको रबि लामिछाने संचालक हुनु भन्दा पहिले नै खाता २०७७÷०७÷०६ ( २०२०–१०–२२) गते खोलिएको रहेछ, गोर्खा मिडिया नेटवर्क प्राईभेट लिमिटेडको ००४०१०१००००५७७ नम्बरको खातामा हाल सम्म प्राप्त विवरण अनुसार क्रेडिट कारोवार रु. ९०,४४,१७,५५२.४० (नव्वे करोड चौवालिस लाख सत्र हजार पाँच सय बाउन्न रुपैयाँ चालिस पैसा) भएको सम्पूर्ण जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला ।’
जोशीका अनुसार ग्लोबल आईएमई बैंक ज्ञानेश्वर शाखा काठमाडौं शाखामा जिवि राई, रवि र आफु उपस्थिति भएर कम्पनीको नाममा खाता सञ्चालन गरेको थियो । जिवि छविलालको ५०÷५०% ले हुने २,५०,०००÷२,५०,००० कित्ता शेयर लगानी गरी र जगेडा रहेको ७,००,००० कित्ता मध्येबाट १५% शेयर रवि लामिछानेले लिएका थिए ।
रकम कसरी कम्पनीमा आएको भन्ने आफुलाइ थाहा नभएको बताउँदै टि.भि. संचालनमा आएपछि आबश्यक रकम जुटाउने कार्य गितेन्द्र बाबु राईले गरेका र टि.भि. संचालनको लागि भवन निर्माण, डोकोरेशन, स्याटलाईट जडि अत्याधुनिक क्यामेरा लगायतको विभिन्न सामाग्री खरिद, कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य गितेन्द्र बाबु राई र रवि लामिछानेबाट भएको उनले बयान दिएका छन् ।
यस्तै बैकमा जम्मा भएको रकम खर्च गर्ने कार्य प्रायः रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिने अबस्था रहेको छविको बयानमा उल्लेख छ । उता रवि लामिछानेले भने स्वेट शेयरमार्फत १५% आफुले लिएको बयानमा उल्लेख छ । उनले सहकारीबाट पैसा लिने लिखित वा मौखिक सहमति, सम्झौता, करार नभएको र लगानीको स्रोत सहकारीबाट आएको भन्ने कुरा स्थापित हुने कुनै आधिकारिक दस्तावेज गोर्खा मिटियामा प्राप्त नभएका बयान दिएका छन् ।





